तोकिएकै समयमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न समितिको निर्देशन
सुर्खेत | चैत २१, २०८१
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले तोकिएकै समयमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगताको आयोजना र व्यवस्थापन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।
आज बसेको समितिको बैठकले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष धुव्र आचार्य र राखेपका सदस्य सचिव टङ्कलाल घिसिङलाई बोलाएर तोकिएकै समयमा खेलकुद प्रतियोगता आयोजना र व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
समितिका सभापति अमरबहादुर थापाले भौतिक पूर्वाधारलगायत अन्य आवश्यक तयारी र व्यवस्थापन कार्यलाई तीव्रताका साथ सम्पन्न गर्नेगरी सबै कार्य जतिसक्दो छिटो सक्न तथा भव्यताका साथ तोकिएकै समयमा प्रतियोगता गर्न मन्त्रालयलाई निर्देशन दिएको बताउनुभयो ।
उक्त प्रतियोगिता २०८२ जेठ ३ देखि १० गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने तय भएको छ ।
यस्तै खेलकुद मन्त्री चौधरीले खेलकुद प्रतियोगिता समयमा नै सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले खेलाडीलाई पनि तयारी अवस्थामा राखिएको बताउनुभयो ।
व्यवस्थापनमा केही कठिनाइ आउने उल्लेख गर्दै उहाँले त्यसलाई ध्यानमा राखेर काम भइरहेको बताउनुभयो । समितिले प्रतियोगिता आयोजनाको तयारी तथा व्यवस्थापनको कार्यमा आबद्ध सम्पूर्ण तह, निकाय र पदाधिकारीबीच प्रभावकारी समन्वय तथा सहकार्य गरी कार्य अगाडि बढाउन निर्देशन दिएको छ ।
समितिका सदस्य रेखा शर्माले जुनसुकै हालतमा पनि पतियोगिता गर्नुपर्ने बताउनुभयो ।
समितिका अर्का सदस्य दीपा शर्माले प्रतियोगिता सम्पन्न गर्न मन्त्रालय र राखेपबीच सहकार्य हुनुपर्ने बताउनुभयो ।
समितिका सदस्य रामप्रकाश चौधरीले पतियोगिता सम्पन्न गर्न मन्त्रालय र राखेपबीच तालमेल नमिलेको भन्दै समयमा नै प्रतियोगिता गर्नुपर्ने बताउनुभयो । समितिले प्रतियोगिताको तयारी र व्यवस्थापनबारे यही चैत २२ देखि २४ गतेसम्म स्थलगत अवलोकन गरी जानकारी लिने सभापति थापाले जानकारी दिनुभयो ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

